विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्री ओलीलाई भेट्न सिधै वालुवाटार

होमल्याण्ड खबर

२०७७ फाल्गुन २१ गते, शुक्रबार १२:४७ मा प्रकाशित

प्रतिबन्ध फुकुवा भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) काठमाडौं प्रवेश गरेका छन् ।

शुक्रबार बिहान पूर्वी नवलपरासीको देबचुलीमा सार्वजनिक भएका विप्लव मध्याह्न नागढुङ्गा नाका हुँदै काठमाडौं प्रवेश गरेका हुन् ।

सडक मार्गबाट काठमाडौं आएका विप्लव सोझै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका जनाइएको छ । त्यहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ता पछि मात्रै राष्ट्रिय सभागृहमा आयोजना गरिएको सभामा सहभागी हुने जनाइएको छ ।

सरकार र बिद्रोही नेकपाबीच ३ बुँदै समझदारी भएपछि झन्डै २ वर्षसम्म ‘भूमिगत’ रहेका विप्लव शुक्रबार बिहान देवचुलीमा सार्वजनिक भएका थिए ।

देबचुलीबाट विप्लव प्रहरीको सकर्टिङसहित पैदल मार्गबाट काठमाडौं हिँडेका हुन् । शुक्रबार दिउँसो विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्रिय सभागृहमा आयोजित सभालाई विप्लवसँगै प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।