सरकार र विप्लव समूहबीच तीनबुँदे सहमित पत्रमा हस्ताक्षर

होमल्याण्ड खबर

२०७७ फाल्गुन २१ गते, शुक्रबार १५:४९ मा प्रकाशित

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमित पत्रमा आज हस्ताक्षर भएको छ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लवका तर्फबाट खड्ग विश्वकर्माले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

 

आज काठमाडौंको राष्ट्रियसभा गृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो।

सरकारी र विप्लव समूहको वार्ता टोलीबीच हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा गर्न गर्ने लगायतका सहमति भएको थियो ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।