४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाको संसदीय दलको वैठक आज बालुवाटारमा बस्दैछ ।
हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट बर्खास्त गर्दै उनको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको थियाे ।
आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि निमन्त्रणा गरेकाे बताइएकाे छ ।