४ मंसिर २०८१, मंगलवार
सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई यही फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि संसदको सातौँ अधिवेशन आज सुरु हुन लागेको हो । बैठक अपराह्न ४ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा सचिवालयले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
पत्रकार सम्मेलन गर्दै प्रवक्ता पाण्डेले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले आफूलाई प्रतिपक्षको लाइनमा बस्ने व्यवस्था मिलाउन सचिवालयलाई दबाव दिएको थियो। तर सचिवालयले कानुनी रुपमा नेकपा एउटै दल रहेको भन्दै दुवै समूहलाई सत्ता पक्षको लाइनमा बस्ने व्यवस्था मिलाएको हो।
यसैगरी संसद बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिलायले जनाएको छ।