४ मंसिर २०८१, मंगलवार
नेकपाकाे प्रचण्ड-नेपाल समुहले आज अविश्वास प्रस्ताव नलैजाने निर्णय गरेकाे छ । प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेता परिवर्तनबारे बहुमत सदस्यले गरेको निर्णयका बारेमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका हुन् ।
अनौपचारिकरुपमा बसेको बैठकपछि नेताहरु सापकोटालाई जानकारी गराउन पुगेका हुन् । तर आज प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बारेमा कुनै निर्णय भएको छैन ।
अविश्वासको प्रस्ताव आजै लैजाने बारेमा कुनै निर्णय नभएको नेतृ रामकुमारी झाँक्रीले बताइन् ।