४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपा नामको पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफलका लागि बैठक बस्न लागेको हो । हिजो (आइतबार) बेलुका प्रचण्ड–माधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न लागेको हो ।
सर्वोच्च अदालतले नेकपाबारे गरेको फैसला,त्यसको समग्र पक्ष र पार्टीको नीतिका सम्बन्धमा निर्णय लिन बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ । सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।
सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको सो समूहको प्रतिक्रिया छ ।