४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति गम्भिर छलफल गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘संसदमा कसरि अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, श्रेष्ठले भने ।
उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।