४ मंसिर २०८१, मंगलवार
नेकपाको पेरिसडाँडा स्थित मुख्यालयमा नेकपा (माओवादी) को बोर्ड राखिएको छ ।
आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर माओवादी केन्द्रको नयाँ साइनबोर्ड राखिएको हो । माओवादीको केन्द्रीय कार्यालय पहिले पनि पेरिसडाँडामा नै थियो ।
गत आइतबार सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् ।
यसअघि हिजो नेकपा एमालेको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको थियो ।