सरकारले पठाएका सुरक्षाकर्मी विप्लवले फिर्ता गरे

होमल्याण्ड खबर

२०७७ फाल्गुन २८ गते, शुक्रबार १४:१९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले सुरक्षाका लागि उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।

प्रतिबन्ध हटाएपछि खुला राजनीतिमा आएका विप्लवको सुरक्षाको लागि गृहमन्त्रालयले इन्स्पेक्टरको कमाण्डमा भ्यान सहित १० जना सुरक्षाकर्मी खटाएको थियो।

पूर्वप्रधानमन्त्री सरह व्यवस्था गरिएको सुरक्षा विप्लवले फिर्ता गरेका हुन। आफू नेता कार्यकर्ता कै बीचमा रहेको तथा कुनै सुरक्षा खतरा नरहेको भन्दै विप्लवले सुरक्षाकर्मी फिर्ता गरेका हुन।

हाल विप्लव गृहजिल्ला कपिलवस्तुमा छन्। पार्टी निकट जनवर्गीय संगठनको कार्यक्रमा उनी व्यस्त छन्।