४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल ,रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।
ओलीले नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएपनि नेपाल जान तयार नभएपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो ।
ओली र नेपालबीच चार महिनापछि भेटवार्ता भएको हो ।