९ मंसिर २०८१, आईतवार
रुस विश्वकप फुटबल अन्र्तगत नाइजेरिया विरुद्ध अर्जेन्टिनाले शुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको १४ औं मिनेटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् । मेस्सीको गोल फिफा विश्वकपको एक सयौं गोल पनि बनेको छ ।
जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको छ । जसमा गोलकिपरमा फ्रान्को अरामानीले डेव्यु गरेका छन् । यसैगरी गोन्जाले हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोजाले टिममा स्थान बनाएका थिए । यस्तै आईसल्याण्ड र क्रोऐशियाबीचको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो ।