९ मंसिर २०८१, आईतवार
रुसमा जारी विश्वकप २०१८ अन्तर्गत प्रिक्वाटर फाइनलबाटै अर्जेन्टिना र फ्रान्समध्ये एक टोली बाहिरिने पक्का भएको छ । उपाधिका दाबेदार मानिएका यी २ टोली अन्तिम १६ मै भीँड्ने छन् ।
समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो । फ्रान्सले भने ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो । त्यस्तै, समूह सि को उपविजेता बनेको डेनमार्कले २ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक बनाएको थियो ।
समूह डी मा जित्नै पर्ने खेलमा नाइजेरियामाथि जित हासिल गरी अर्जेन्टिना४ अंकसहित उपविजेता बनेपछि उसको फ्रान्ससंग भीडन्त पक्का भएको हो । समुह डीबाट क्रोएसिया ७ अंक जोड्दै समूह विजेता बन्यो ।
प्रिक्वाटर फाइनलमा समुह सिको विजेता र समुह डिको उपविजेताको खेल तालिका पर्दा यी २ टोलीमध्ये एकले अन्तिम १६ बाटै विश्वकपको यात्रा सक्नु पर्ने बाध्यता छ । यी समुहबाट क्रोएसिया र डेनमार्क अन्तिम ८ को लागि प्रतिस्पर्धा गर्ने छन् ।