५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ।
आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग भएको छलफलले गत फागुन २३ गते सर्वोच्चले नेकपा भंग गरेको फैसलाविरुद्ध पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
छलफलमा सहभागी भएका कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक गुरुङले जानकारी दिए।