५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु तत्काल सरकारमा नजाने बताएका छन् ।
कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर पुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस विपक्षी दल भएकाले सरकारमा जान हतार नगरेको बताए ।
पत्रकारहरुले भने कांग्रेस सरकारमा कहिले जान्छ ? संसद्मा अविश्वासको प्रस्ताव कहिले आउँछ? जस्ता प्रश्न गरेका थिए।
उक्त प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने र अविश्वासको प्रस्तावका विषयमा कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताएका थिए ।
पत्रकारहरुले पुनः ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, “विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।”