५ मंसिर २०८१, बुधबार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नेकपा विवादका बेला प्रचण्ड–माधव समूह छाडेर ओलीतिर लागेका तथा सर्वोच्चको फैसलाले एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै नेकपा विवादका बेला माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछिन् । यस अघि सो पदमा जीवन घिमिरे थिए।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन्।
नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।