५ मंसिर २०८१, बुधबार
नेपाली काँग्रेसले स्व. नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
आज (शनिबार) सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा आधा झन्डा झुक्याउने निर्णय गरेको हो।
यस्तै, बैठकले तीन दिन शोकसभा बाहेक कार्यक्रम नगर्ने र १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ।
यस्तै, काँग्रेसले १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।
जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ।
मौसम खराबीका कारण विराटनगरमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेता भने बैठकमा सहभागी हुन सकेनन् ।