बल्देधुरी घटनाका दोषीहरुलाई पक्राउ गर्न कांग्रेसको माग

होमल्याण्ड खबर

२०७७ चैत्र १६ गते, सोमबार १३:०९ मा प्रकाशित

नेपाली कांग्रेसले बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटना अमानवीय र निन्दनीय रहेको बताएको छ ।

कांग्रेस प्रवक्त विश्व प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गररेर होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या हुनुका पछाडी योजनाबद्ध षड्यन्त्र रहेको बताएका छन् । उनले घटनाको निस्पक्ष अनुसन्धान गरी दोषीहरुलाई पक्राउ गर्न समेत सरकारसँग माग गरेका छन् ।

‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,” शर्माले विज्ञप्तिमा भनेका छन्, “प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

घटनामा मारिएका प्रकाश कुँवर कांग्रेसका जिल्ला सदस्य हुन भने दीपक नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम घटनास्थल गएको जारी विज्ञप्तिमा उल्लेख छ ।