५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि गम्भिर सुरक्षा खतरा रहेको भन्दै दिएको अभिव्यक्तिको स्पस्टीकरण माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री ओलीले केही समयअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिएको भन्दै यसबारे प्रधानमन्त्री ,गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा थर्थात जानकारी गराउनुपर्ने माग गरेका छन्।
उनले ओलीको सुरक्षामा गृह मन्त्रालयले थप के–के सुरक्षा व्यवस्था गरेको छ भन्ने जानकारी समेत मागेका छन् ।
प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा नै हो अथवा प्रधानमन्त्रीले नैतिक खतरा महशुस गर्नुभएको हो भन्दै प्रश्न गरेका छन् ।
यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी यस्तो गैरजिम्मेवार ,असत्य, बनावटी अभिव्यक्ति किन दिएको भन्ने प्रश्न पनि उनको छ।
प्रधानमन्त्रीे ,गृहमन्त्री वा सरकारका प्रवक्ताले यसबारे सदनमा यथाशिघ्र स्पष्टीकरण दिनुपर्ने उनको माग छ।