एमालेका नेता बलवहादुर तामाङसहित २० जना कांग्रेसमा प्रवेश

होमल्याण्ड खबर

२०७७ चैत्र १८ गते, बुधबार १६:१९ मा प्रकाशित

नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको सचिवसहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज आयोजना गरेको एक कार्यक्रममा  वाणिज्य महासंघको सचिव बलवहादुर तामाङसहित २० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस सभापति देउवाले उनीहरुलाई टिका र खादा लगाएर कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुलाई स्वागत गरेका छन् ।  तामाङले एमाले जनताको बहुदलीय पार्टी नभएर गुटबन्धीमा लागेकाले आफूले पार्टी परित्याग गरेको बतएका छन् ।

उनले पार्टी परित्याग पछि सामाजिक सञ्जालमा लेखेका छन्,‘ मैलै २०४६  सालमा पाएको पार्टीको पशिक्षण अहिले आएर गलत साबित भयो , अबको जीवनको अमूल्य समय गलत बाटोमा लाग्नु भन्दा आजको मितिबाट नेपाल कम्यूनिस्ट पार्टी एमालेको उद्योग तथा वाणिज्य विभागको सदस्य, नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उद्योग व्यवसायी महासंघको सचिवबाट राजिनामा दिर्दै एमालेको सदस्यता त्यागेको छु । ’