नेपालीहरूको शव बुझ्न विमानस्थल पुगेका डा.बाबुराम भट्टराईको आँसु थामिएन

होमल्याण्ड खबर

२०७७ चैत्र २२ गते, आईतवार १३:१९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई मलेशियाबाट ल्याइएको नेपाली युवाहरूको शव बुझेका छन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव आज एकैदिन नेपाल आइपुगेको हो। सोही शव बुझ्न आज बिहान त्रिभुवन विमानस्थल पुगेका डा.भट्टराईले उक्त घटनाप्रति दुःखद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,’कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’