खनाल–नेपाल समूह वाग्मती प्रदेश समानान्तर कमिटी घोषणा गर्दै

होमल्याण्ड खबर

२०७७ चैत्र २४ गते, मंगलवार ११:१६ मा प्रकाशित

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज वाग्मती प्रदेशमा समानान्तर कमिटी गठन गर्ने भएको छ ।

अहिले केहीसमयमा कलंकीस्थित सिद्धीगणेश पार्टी प्यालेसमा बस्ने बैठकले समानान्तर कमिटी घोषणा गर्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा अघि बढेकाले आफूहरु संगठित हुदै जाने बताइन् । उक्त समूहले नवगठित कमिटीको सपथ ग्रहण गरेर बैठक बस्ने तयारी गरेको छ।