५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा गएका मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।