माओवादीद्वारा बादलबाहेकका चार मन्त्रीलाई कारबाही (पत्रसहित)

होमल्याण्ड खबर

२०७७ चैत्र २४ गते, मंगलवार १६:२४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा गएका मन्त्रीहरुलाई कारवाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको छ ।

आज माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको जनाएको छ ।

राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।