५ मंसिर २०८१, बुधबार
बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले अध्यक्षमा चित्रबहादुर केसी सहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयन गर्दै अाज राष्ट्रिय जनमाेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न गरेकाे हाे ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका केसी सहित ३७ सदस्य पुर्णकालिन र १० जना बैकल्पिक सदस्य सहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएकाे राष्ट्रिय जनमाेर्चाले जनाएको छ ।
राष्ट्रिय जनमाेर्चाकाे कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली महासचिवमा मनाेज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र दृतिय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पाैडेल निर्वाचित भईन ।
त्यस्तै सचिवमा हिमलाल पुरी र काेषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलवाट केन्द्रीय सदस्यहरूमा शंकर बराल,लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी,कल्याणी श्रेष्ठ, रत्न बिक्रम प्यासी राना,तारा थापा,नन्दराज भट्ट,डम्बर पुरी,लालबहादुर जाग्री,साेमकुमार कार्की,राजेन्द्र ढुङ्गना, घनश्याम न्याैपाने,झविलाल थापा,पियारी थापा,ईन्दिरा ज्ञवाली ,यमलाल पाेखरेल,मञ्जु परियार,लक्ष्मी केसी,सुधा शर्मा,देवी शर्मा,लिलादेबी शर्मा,दिलबहादुर दर्जी,चन्द्रा परियार, भागिरथ भट्टराई,दिपक पाण्डे ,पदमा पण्डित, नारायण जिसी,रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा,गाैरीश्वर पाण्डे,धर्मान्द सुवेदी,चिन्ता मणी पाैडेल, हेम कुमार गुरूङ,अमृत पाण्डे,गणेश अाचार्य,कमलविक्रम शाही,उदय नारायण चाैधरी,सुवर्ण विक्रम थापा विजयी भएका हुन् ।
हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको थियाे ।
सम्मेलन बाट राजनीतिक सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएकाे छ भन्ने अार्थिक प्रतिबेदन समेत पास भएको छ । बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियाे ।
‘भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरुको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ’ राष्ट्रिय जनमोर्चाले भनेको छ ।