१० श्रावण २०८३, आईतवार
गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभाको सदस्यबाट निलम्बित भएका छन्। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको छ।
थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन्।


‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ।’