५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई समेत बोलाइएको छ ।
आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनुका साथै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग सत्तासमिकरणका लागी भइरहेका कुराकानीको समिक्षा तथा थप रणनीति तय गरिने जनाइएको छ ।
यस्तै बैठकमा नेताहरुबीच १४औं महाधिवेसनका विषयमा पनि छलफल हुने बताइएको छ । विशेष गरी सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।