५ मंसिर २०८१, बुधबार
नेकपा एमालेका माधवकुमार नेपाल –झलनाथ खनाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेका थिइन्।
उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको भन्दै अनेरास्ववियूले लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले मध्यरातमा रअ करायो, लिम्पियाधुरा ,लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा कता हरायो? । झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्साको सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लाकार्ड लिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
यस्तै उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लगायतका नारा लगाएका थिए।
सरकारले भने पदक घोषणा २०७६ साल अर्थात गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।