१३ मंसिर २०८१, बिहीबार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ।
निगमले शनिबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान १र१ रूपैयाँ मूल्य वृद्धि गरेको जनाएको छ ।
बृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ प्रतिलिटर कायम भएको छ।
निगमले शनिबार विज्ञप्ति जारी गरी आन्तरिक तर्फको हवाई इन्धनमा दुई रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ कायम गरेको छ ।
खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।