माधव नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाए

होमल्याण्ड खबर

२०७८ बैशाख ९ गते, बिहीबार १३:४९ मा प्रकाशित

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाएका छन् । उनीहरुले आज संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।

नेकपा एमालेले मावधकुमार नेपालसहित ३२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै २७ प्रतिनिधिसभा सदस्य (सांसद) सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका थिए ।