५ मंसिर २०८१, बुधबार
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ ।
उनीहरुबीच आज काठमाडौंको मेरियट होटलमा भएको भेटवार्ता सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
डेढ महिनापछि हिजो ओली र नेपालबीच हिजो सोही होटलमा भेटवार्ता भएको थियो । हिजोको भेटपछि आज दुई नेता छलफलमा जुटेका हुन् ।
बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुईनेताबीच डेढ घण्टा छलफल भएको छ ।
भेटवार्तामा उनीहरुले पार्टीमा आएको उतारचढावबारे कुराकानी गरेको बताइएको छ ।
भेटवार्ताकै क्रममा ओली र नेपालले होटलको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सार्वजनिक गरेका छन् ।