असन्तुष्टलाई समेट्न खोजेँ, तर उनीहरु एकताप्रति इमानदार देखिएनन् : प्रधानमन्त्री अाेलि

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १४:३४ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षहरुलाई आफूले समेटेर अगाडि बढ्न खोजेको भए पनि असन्तुष्ट पक्ष पार्टी एकताप्रति इमानदार नभएको बताएका छन् ।

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल र योगेश भट्टराईलाई भेटेर गरिएका कुराहरुबारे ब्रिफिङ गर्दै ओलीले नेता नेपाल र भट्टराईले पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा कुनै चासो नदिएको बताएका हुन् ।

‘माधव नेपाल र योगेश भट्टराई लगायत नेताहरुसँग मेरो भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिदैन,’ अध्यक्ष ओलीले बैठकमा भनेका छन् ।

आफू लचिलो भएर आएको र दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार हुँदा पनि असन्तुष्ट पक्षले पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति नदेखाएको ओलीको भनाइ छ ।