५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको यही वैशाख ११ गते निधन भएको थियो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् र
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य भएकी थिइन् ।
राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आएकी नेत्रृ सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील थिइन् ।
पार्टीको सङ्गठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आएकी उनको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।