५ मंसिर २०८१, बुधबार
नेकपा एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड विपरीत नवलपरासीमा जिल्ला भेला गरेको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ ।
तर खनाल–नेपाल समूहले सरकारको निर्णय उल्लंघन अवज्ञा गर्दै नुवाकोटमा समानान्तर कमिटी गठन गर्न भेला आयोजना गरेको छ । उक्त भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु
उपस्थित भएका छन् ।
सरकारले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अधिकार दिइसकेको छ । यस्तो अवस्थामा सरकारको निर्णयको उल्लंघन गर्दै खनाल–नेपाल समूहले नवलपरासीमा भेला गरिएको हो ।