५ मंसिर २०८१, बुधबार
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको बताइएकाे छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पनि केही नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगित गरिएको हाे ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।