राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

होमल्याण्ड खबर

२०७८ बैशाख १५ गते, बुधबार १५:२९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।

राष्ट्रियसभाका सचिवले आज एक सूचना जारी गरी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका हुन् ।

संसीय संसद्ले आज सूचना जारी गरी  राजनीतिक दलसम्बन्धी ऐनअनुसार  खड्काको राष्ट्रिय सभा सदस्य पद खारेज भएको जनाएको छ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जारी गरेको सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा ८९ को खण्ड ‘ङ’ बमोजिम राष्ट्रिय सभा सदस्य माननीय चन्द्रबहादुर खड्काको पद रिक्त हुन आएकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १८५ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ।”

खड्का माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका थिए।  माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले उनको सांसद पद खारेज गर्न राष्ट्रिय सभामा पत्र पठाएका थिए।

उनी २०७४ मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। अब उनको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन हुनेछ।