१३ मंसिर २०८१, बिहीबार
सरकारले श्रमिकहरुले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ ।
यसअघि न्यूनतम आधारभूत पारिश्रमिक १३ हजार ४५० रुपैयाँ तोकिएकोमा १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।
श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।
उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।
बढेको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८÷८९ देखि मात्र लागु हुनेछ ।