५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा आकस्मिक नेकपा एमाले स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितलनिवास गएका हुन् ।
अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको छ ।
प्रधानमन्त्री ओली नियमित भेटवार्ताका लागि शितलनिवास पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।