प्रतिनिधिसभाका सबै सांसदको कोरोना परीक्षण हुने 

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १५:२८ मा प्रकाशित

प्रतिनिधिसभा सासंदहरुको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

संसद भवन नयाँबानेश्वरमा यही वैशाख २२ र २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यहि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।