५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभाका ४ जना सांसद र संसद सचिवालयका ३ जना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगिटिभ आएको छ ।
आगामी २७ गते बस्ने संसदको विशेष अधिवेशन प्रयोजनार्थ हिजो बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा भने कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संसदको विशेष अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।