५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी ओलीले विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
परिषदको बैठक केही समयपछि बालुवाटारमा बस्नेछ । संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुनेछ ।
लोकसेवामा सबै पदाधिकारी रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित केही संवैधानिक आयोगमा पनि रिक्त छ ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री ओलीद्वारा आह्वान गरिएको बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गर्ने यसअघिनै जनाइसकेका छन् ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।
बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ । अध्यादेशको विरोध देउवाले गरिसकेका छन् । माओवादी केन्द्रले पनि अध्यादेशको विरोध गरेको छ ।