५ मंसिर २०८१, बुधबार
आज सोमबार साँझ ५ बजेका लागि निर्धारण गरिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सरेको छ ।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ ।