प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान सुरु

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १७:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ ।

प्रधानमन्त्रीओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेपछि अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले छोटो समयमा धेरै काम गरेको भन्दै  विश्वासको मत नदिनु पर्ने कुनै कारण नभएको बताए। उनले सबै सांसदहरूलाई आफूलाई मत दिन आग्रह समेत गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसहित पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन्।

नेकपा एमालेकै बरिष्ठ झलनाथ खनाल नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने आजको बैठकमा अनुपस्थित छन्।