५ मंसिर २०८१, बुधबार
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले लेखेका छन्(“जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नुहुन्न।लोकतान्त्रिक पार्टीमा फरक मत हुनु स्वाभाविक हो।तर हाम्रो आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्न।एकताबद्ध भएर धारा७६९२०को सरकार बनाउन योगदान गरौं१ सौताका रिसले पोइको नाक काटे झैं नगरौं”