५ मंसिर २०८१, बुधबार
गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको चयन हुँदैछ ।vमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गर्न लागिएको हो ।
उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।