५ मंसिर २०८१, बुधबार
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएको बताएका छन् ।
वैकल्पिक सरकार बन्ने सभ्वना टरेपछि सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजीनितमा ओली पुनः चतुर सावित भएको बताएका हुन् ।
उनले लेखेका छन, जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।
सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं ।