होमल्याण्ड खबर
२०७८ बैशाख ३१ गते, शुक्रबार ०९:१३ मा प्रकाशित
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन् । ओली बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका थिए । तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क – कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको बताए ।
आज राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ । आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ। त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले मातृभूमि लाई बताए ।
‘उहाँले भने , आज सानो आकारमा मात्रै मन्त्री बनाउनु हुन्छ होला, कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ । केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला ’ ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।