५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब पार्टीले अरुको बिरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।
उनले आज फेसबुकमार्फत नेकपा एमालेलाई बधाई तथा शुभकामना दिदैँ कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यत माओवादी केन्द्रले प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्न नहुने बताएका हुन् ।
उनले देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गनुपर्नेमा जोड दिएका छन् ।
बैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता ,अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ भन्दै उनले त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्ने बताए । त्यसरी मात्र नभएर क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्ने उनले विश्वास व्यक्त गरे ।
‘बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवाद बाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिने छैन ।’ उनले फेसबुमा भनेका छन् ।
नेता श्रेष्ठले अहिले कोरोना माहामारीको संकट रहेको भन्दै तत्कालै सिङ्गो पाटी पङ्क्तिलाई संक्रमण नियन्त्रणमा जुट्न आग्रह गरेका छन् ।