संविधान माथि हस्तक्षेपकाे प्रयास : अधिवक्ता पराजुली

होमल्याण्ड खबर

२०७८ जेष्ठ ६ गते, बिहीबार २२:०३ मा प्रकाशित

काठमाडौं : अधिवक्ता तुल्सीराम पराजुलीले संविधानकाे धारा ७६ (३) छिनाेफानाे नभई ७६(५)मा प्रवेश गरि नयाँ सरकार गठनकाे लागि आव्हान गर्नु संविधान माथिकाे प्रहार भएको बताएका छन् ।

राष्ट्रपतीले संविधानको धारा ७६(३) बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने आधार नभएको भन्दै ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि अह्वान गरेपछि पराजुलीले यस्तो टिप्पणी गरेका हुन्।

संविधानकाे धारा ७६(३) बमोजिम प्रधानमन्त्री ओलीले विश्वासको मत वा राजिनामाकाे प्रक्रिया प्रराम्भ नगरि धारा ७६(५) मा प्रवेश गर्न खाेज्नु संविधान माथिकाे हस्तक्षेपकाे संज्ञा दिएका छन् ।

प्रधानमन्त्री के पी शर्मा ओलीले सत्ता,शक्ति र कुर्सीकाे प्रलाेभनमा परि आफ्नो राजनीतिक स्वार्थ सिद्व गर्नका लागि विधिको शासन लाेकतान्त्रीक मुल्य मान्यता शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको बर्खिलाप हुने गरि हजारौं सहिदहरूकाे बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान सभाबाट जारी भएको नेपालको पहिलो संविधान माथि पटकपटक हस्तक्षेप गर्न खाेज्नु लाेकतन्त्र गणतन्त्र माथिको ठाडाे प्रहार भएको बताएका छन् ।

पराजुलीले राष्ट्रपतिकाे भुमिका माथि पनि प्रश्न उठाउदै नेपालकाे संविधानले राष्ट्रपतिकाे प्रमुख कर्तव्य संविधानकाे पालन र संरक्षण गर्नु भनि संविधानम‌ै स्पष्ट किटान गरिएको भएता पनि साेहि अनुरूप राष्ट्रपति संविधानकाे रक्षक बन्न नसकेको भन्दै आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विगतमा पनि पटकपटक संविधान माथि कु गर्न प्रयास गर्दै आएका र अहिले पनि स्वच्छाचारी ढंगबाट संविधानलाई मिच्न खाेजेकाे भन्दै सबैलाई एक पटक संविधानकाे रक्षाका लागि एक जुट हुन आव्हान गरेका छन् ।