होमल्याण्ड खबर
२०७८ जेष्ठ ७ गते, शुक्रबार १८:१७ मा प्रकाशित
विपक्ष दलका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबीसहित हस्ताक्षर लिएर पुगेका नेताहरुले राष्ट्रपतिको ‘नियत ठिक नदेखेको’ टिप्पणी गरेका छन् ।
राष्ट्रपतिसमक्ष देउवाले आफ्नो दाबी पेस गरिरहँदा प्रधानमन्त्रीको पनि यसअघि नै हस्ताक्षर आएको भन्दै राष्ट्रपतिले नेताहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
“संविधान बमोजिम प्रधानमन्त्री बनाउने भए हाम्रो दाबी सही छ, तर हामीले उहाँको नियत नै गलत देखेका छौँ,” स्रोतले जनाए ।