राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार दिने नेविसंघका नेता बानेश्वरबाट पक्राउ

होमल्याण्ड खबर

२०७८ जेष्ठ ९ गते, आईतवार १२:१८ मा प्रकाशित

प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए ।

मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।

नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गरेका छन् ।